मेलम्चीपछि याङ्ग्री र लार्केको पानी काठमाडौंमा, यसरी हुँदैछ काम


४ बैशाख २०७५, मंगलवार
melamchi sabina

काठमाडौं, ४ बैसाख : राजधानीवासीको तिर्खा मेट्न मेलम्ची नदीपछि अब याङ्ग्री र लार्के खोलामा यस्तै सुरुङमार्ग बनाउने तयारी हुँदैछ, जसले इन्द्रावती सुकाउने मात्र होइन, काठमाडौंकै जनघनत्व बढाउने जोखिम पनि छ ।melamchi sabina

२७ चैतमा मेलम्ची खानेपानी आयोजनाका लागि निर्मित २६।५ किलोमीटर सुरुङको ‘ब्रेक थ्रुरू’ सँगै मेलम्चीको पानी पिउने राजधानीवासीको दुई दशकको सपना पूरा हुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित सुरुङको सिन्धु–ग्याल्थुम खण्डको ७।५ किमी सुरुङ निर्माण सकिएसँगै मेलम्ची खानेपानी विकास समितिले ‘ब्रेक थ्रु’ को घोषणा गरेको हो । सुरुङको ‘ब्रेक थ्रु’ सँगै मेलम्चीबाट दशैंअघि नै दैनिक १७ करोड लिटर पानी भित्रिने सरकारी घोषणा छ । तर, १९ वर्षअघिको यो सपना पूरा हुँदैमा उपत्यकाको खानेपानी अभाव भने हट्दैन ।

कारण, झण्डै ४० लाख जनसंख्या रहेको अनुमान गरिएको काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा दैनिक ३७ करोड लिटर खानेपानीको माग छ । जसमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले हाल हिउँदमा ९ र वर्षामा १३ करोड लीटर पानी मात्र आपूर्ति गर्दै आएको छ । त्यसो भए उपत्यकामा खानेपानी संकटको समाधान के त रु ‘याङ्ग्री र लार्के’, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा भन्छन् । मेलम्ची, याङ्ग्री र लार्के तीनै खोला इन्द्रावती नदीका सहायक खोला हुन् ।

देवकोटाका अनुसार, पहिलो चरणअन्तर्गत मेलम्चीदेखि सुन्दरीजलसम्म २६।५ किलोमीटर सुरुङमार्फत १७ करोड लीटर पानी उपत्यका भित्र्याउने र दोस्रो चरणमा, याङ्ग्री र लार्के खोलाबाट क्रमशः ९ र २ किलोमीटर गरी ११ किमी सुरुङबाट दैनिक १७–१७ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । ‘हाल केयूकेएलले उपलब्ध गराइरहेको पानी र मेलम्चीबाट आउने पानीमा याङ्ग्री र लार्के समेत जोड्दा प्रतिदिन ६० करोड लिटर पानी काठमाडौं भित्रिन्छ अर्थात् एक व्यक्तिको भागमा दैनिक १२० लीटर पानी पुग्छ’, उनी भन्छन् ।

तर, विज्ञहरू एकै नदीका खोलाहरूको दोहनबाट उपत्यकावासीको तिर्खा मेट्ने सरकारी योजना गलत भएको विज्ञहरू बताउँछन् । ‘यो पानी व्यवस्थापनको परम्परागत ढर्रा मात्रै हो । यसले समाधान होइन, समस्या थप्छ’, जलस्रोतविद् अजय दीक्षित भन्छन् ।

चक्रपथवासीलाई प्राथमिकता

केयूकेएलका अनुसार, मेलम्ची सुरुङमार्गबाट पानी काठमाडौं आएपछि पहिलो चरणमा चक्रपथभित्र मात्रै वितरण गरिनेछ । खुमलटार, बालाजु, बाँसबारी, महाँकाल, चोभार, कीर्तिपुर, कटुञ्जे, आरूबारी, पाँचपोखरी, सुन्दरीजल, बोडेमा स्थापित ११ वटा रिजर्भभ्वायरबाट पानी घरघरमा पु¥याइनेछ । यो समाचार हिमाल खबर पत्रिकाले प्रकाशन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७