ज्योतिषले दिएको साइतमै सरकारी निवास सरे प्रधानमन्त्री


१३ पुष २०७९, बुधबार
prachanda gadi

काठमाडौं । ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन् ।

अर्कातिर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन् । बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवाले धुम्बाराहीस्थित भाडाको घरमा आफ्नो अस्थायी डेरा बनाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७