बागमती प्रदेशसभाका सदस्यलाई शपथ, पुस १८ गते बैठक


१४ पुष २०७९, बिहीबार
bagmati pradesh sadsya Wv0LGjJYYQ

हेटौंडा । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नव निर्वाचित एक सय नांै प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मा समक्ष हिजो शपथ लिएका थिए । बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य छन् ।
बागमती प्रदेशसभाको बैठक पुस १८ गते बस्ने गरी आह्वान
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरे अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७