गृहको निर्देशनपछि अन्य ड्युटीमा लगाइएका २२१ सुरक्षाकर्मी फिर्ता


१५ पुष २०७९, शुक्रबार
police head

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाका लागि राखिएका २२१ सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयले मंगलबार कार्यविधि विपरित राखिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो । फिर्ता भएका सुरक्षाकर्मीमा नेपाल प्रहरीबाट १०३ जना र सशस्त्र प्रहरीबाट ११८ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् । बताए ।

प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता डीआइजी टेकप्रसाद राईले जानकारी दिएका छन् । फिर्ता भएका प्रहरीमा गृहमन्त्रालयबाट ३१ जना, भीआईपी र भीभीआईपीको व्यक्तिगत सुरक्षामा खटिएका ६६ जना तथा बाँकी ५ जना पूर्वप्रहरी अधिकारीको सुरक्षार्थ खटिएका सुरक्षााकर्मी रहेका डीआईजी राईले बताएका छन् ।

गृह मन्त्रालयबाट फिर्ता भएका ३१ सुरक्षाकर्मी चालकलाई कर्मचारीहरूले आफ्नो सवारी चलाउन प्रयोग गरेका थिए । ६६ जना पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) को सुरक्षाकर्मीको रुपमा खटिएका थिए । बाँकी ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सहयोगीका रूपमा खटिएका थिए ।

पूर्व गृहमन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ मा उल्लेख गरिएको छ । नयाँ कार्यविधिमा पूर्व सुरक्षाकर्मीहरूमध्येमा एआईजी र डिआइजीहरूले पाउँदै आएको सुरक्षा हटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७