‘डिसेम्बर फल्स’ आजबाट हलमा, साढे तीन वर्षपछि सिनेमा घरमा आर्यन


१५ पुष २०७९, शुक्रबार
de1672360023

काठमाडौं । आज (शुक्रबार) बाट नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ हलमा रिलिज भएको छ । आर्यन सिक्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।

प्रभिन झाले निर्देशन गरेको चलचित्र नर्सको जीवन कथामा आधारित सिनेमा हो । प्रेम, रोमान्स, दुर्घटना, वियोग, पुनर्मिलनको फर्मुलामा बनेको चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेललगायत कलाकारको पनि अभिनय छ ।

करिब साढे तीन वर्ष पछि आर्यनको नयाँ चलचित्र रिलिज हुन लागेको हो । उनले चलचित्र राम्रो रहेको र उत्साहजनक प्रतिक्रिया आउने अपेक्षा रहेको बताउँदै आएका छन् । ‘डिसेम्बर फल्स’ ले सिनेमा हलमा राम्रो शोज पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७