माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन


१७ पुष २०७९, आईतवार
Khagraj Bhatta PA

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् ।
आइतबार बिहान बसेको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रमा ११ सांसद छन् । एमाले नेतृत्वको गठबन्धनमा माओवादीले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । माओवादी केन्द्रको नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय पन बैठकले गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७