चलचित्र ‘ह्रस्वदीर्घ’ मा गरिमा शर्मा


१७ पुष २०७९, आईतवार
garima sharma

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतिष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् ।

आज (आइतबार) सामाजिक सञ्जालमार्फत नीताले उक्त कुराको जानकारी गराएकी हुन् । नीताले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराउँदै गरिमालाई बधाई दिँदै स्वागत गरेकी छन् ।

चलचित्रमा कलाकार अनुबन्धित हुने क्रम जारी छ । केही दिनअघि यस चलचित्रमा अभिनेता रविन्द्र झा कलाकारको रुपमा अनुबन्धित भएका थिए । चलचित्रलाई भारतको ठूलो फिल्म सिटी रामोजी स्टुडियोमा छायांकन गरिने निर्माण टिमले जनाएको छ ।

चलचित्रमा गरिमा र रविन्द्रका अलावा बिपना थापा, सरोज खनाल, नीता ढुंगाना, हरिहर अधिकारी, सलोन बस्नेत, प्रदीप रावत, ब्रम्हानन्दलगायतका नेपाली र भारतीय कलाकार तय भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७