उत्तर कोरियाली नेता किम जोङ उनद्वारा तीब्र आणविक हतियार वृद्धि आह्वान


१७ पुष २०७९, आईतवार
kim1672559927

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरिया र अमेरिकाबाट सुरक्षा खतरा भएको दाबी गर्दै आफ्नो देशको आणविक हतियारको लागि तीव्र वृद्धिको लागि आह्वान गरेका छन् ।

प्योङयाङको राज्य मिडियाले आइतबार रिपोर्ट गर्दै यसबारेमा जानकारी दिएको हो । उत्तर कोरियाले साताको अन्त्यमा दुई पटक ठूलो, आणविक र बहु–प्रक्षेपण रकेट प्रणालीको परीक्षण गरेको दाबी गरेपछि किमको टिप्पणी आएको कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

सन् २०२२ को समीक्षा गर्ने ६ दिने पूर्ण सत्रको अन्तिम दिनमा नयाँ वर्षको पूर्वसन्ध्यामा बोल्दै किमले दक्षिण कोरिया ‘निःसन्देह शत्रु’ बनेको र यसको मुख्य सहयोगी अमेरिकाले उत्तरमाथि ‘अधिकतम’ दबाब बढाएको बताए ।

उनले आगामी वर्ष प्योनयाङले नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको विकास गर्दा सामरिक आणविक हतियारहरू ठूलो मात्रामा उत्पादन गर्नुपर्ने र यसले उत्तरलाई ‘छिटो जवाफी कारबाही’ दिन सकिने कोरियाली समाचार एजेन्सीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

किमको टिप्पणी एक वर्षको अन्त्यमा आएको छ । जसमा उनको शासनकालमा उत्तर कोरियाको इतिहासमा कुनै पनि समय भन्दा बढी गत वर्ष क्षेप्यास्त्र परीक्षण भएको छ । शनिबार सन् २०२२ को अन्तिम दिन उत्तरले ३७ औं क्षेप्यास्त्र परिक्षण गरेको थियो । जसमा उत्तरले कम्तिमा तीनवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइलहरू प्रहार गरको बताइएको छ । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७