लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : महासचिव पोखरेल


१७ पुष २०७९, आईतवार
shankar pokhrel
फाइल फोटो

दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन् ।
लुम्बिनी प्रदेशमा नव निर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी भएका संस्थापक मुख्यमन्त्री समेत रहेएका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेको समेत बताए ।

‘स्वाभाविक रुपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ’, उनले सञ्चारकर्मीहरूसँग भने, ‘छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपन होला भन्ने म ठान्छु ।’ केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुङ्गिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७