राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौं : महासचिव गुरुङ


१९ पुष २०७९, मंगलवार
dev gurung 1

चितवन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नु पर्ने बताए ।

अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलकाबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए । उनले भने, ‘यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गिकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नु पर्छ ।’ मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नु पर्ने बताए ।

देशमा वृहत शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको भन्दै उनले यी दुबैपक्ष सहमतिका साथ अघि बढ्नु पर्ने बताए ।

सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरुको लडाइँ रहेको बताउँदै उनले यही पद्दति अङ्गिकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए । अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे, ‘मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधिनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावका साथ अघि बढ्ने समय आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७