मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला राष्ट्रपति निर्वाचित


२० पुष २०७९, बुधबार

मेक्सिको । मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।

मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेद्वारहरूलाई पछिपार्दै सो परिणाम निकालेकी हुन् ।

विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन् – म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं । हर्नान्डेजलाई सन् २०१५को को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७