न्युकासल र आर्सनल बराबरी


२० पुष २०७९, बुधबार
arsenal

काठमाडौं । शीर्ष स्थानको आर्सनल इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासलसँग बराबरीमा रोकिएको छ ।

आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको छ । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो ।

बराबरीसँगै शीर्ष स्थानको आर्सनलको १७ खेलबाट ४४ अंक पुगेको छ भने त्यस्तै १७ खेलबाट ३५ अंक जोडेको न्युकासल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७