प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे माधव नेपाल : २६ गतेसम्म ‘सस्पेन्स’ रहोस्


२० पुष २०७९, बुधबार
madhav nepal31646807153
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकार आफूहरुको प्राथमिकतामा नरहेको दावी गरेका छन् । पार्टी निकट युवा संगठनले आयोजना गरेको बधाई कार्यक्रममा पार्टी अध्यक्ष नेपालले आफूहरुको ध्यान देश र जनताको हितमा रहेको भन्दै आफूहरुका लागि सरकार गौण विषय रहेको बताए । नेपालले भने, ‘सत्ता सत्ता सत्ता बाहेक केहि नदेख्ने चिन्तन हामीमा छैन । हाम्रो ध्यान देश र जनताको हितमा छ ।’

नेपालले आफ्नो पार्टी कुनै पनि अलमलमा नरहेको समेत दावी गरेका छन् । अध्यक्ष नेपालले भने, ‘समाजवादी अलमलमा प¥यो भनेर केहि मिडियामा लेखेको पाएँ । जबसम्म पिक्चर क्लियर हुँदैन । यो सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउने हो त्यो पनि अहिलेसम्म आएको छैन । प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला । कुराकानी हुन्छ । छलफल हुन्छ । अनि संस्थागत निर्णय हुन्छ ।’

‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? त्यतिन्जेल सस्पेन्स रहोस् ।’ नेपालले सरकार बनाउँदा आफूहरुलाई कसैले नसोधेको बताएका छन् । विचार, सिद्धान्त, आचरण मिल्नेसँग एकता गर्ने र मोर्चा पनि बनाइने नेपालले बताएका छन् । त्यसका लागि विभिन्न पार्टीका नेताहरुसँग कुरा भइरहेको र यो प्रकृया अघि बढिसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७