इन्टरसँग नेपोलीको पहिलो पराजय


२१ पुष २०७९, बिहीबार
thumb

काठमाडौं । एडिन जेकोको हेड गोलको मदतले इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा बुधबार नेपोलीलाई १–० ले पराजित गरेको छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीको यो सिजनकै पहिलो हार हो ।

खेलको ५६ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा जेकोले शक्तिशाली हेड गर्दै गोल गरेका हुन् । यस नतिजासँगै सिरी ‘ए’ मा नेपोलीको ११ खेलको जित यात्रामा पनि पूर्णविराम लागेको हो ।

यो खेल जितेको भए नेपोलीले दोस्रो स्थानमा रहेको एसी मिलानमाथि आठ अंकको अग्रता खोल्ने थियो । इन्टर भने जितसँगै चौंथो स्थानमा उक्लिन सफल रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७