अर्थ सचिवमा तोयम राया र राजश्व सचिवमा रामप्रसाद घिमिरे


२१ पुष २०७९, बिहीबार
RamprasadToyam1672906526

काठमाडौं । मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको छ । आज (बिहीबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय गरेको हो ।

यस्तै राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७