घट्दै नोटको चलनचल्ती


२२ पुष २०७९, शुक्रबार
money new
सांकेतिक तस्विर

काठमाडौँ । विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ ।

यसले बजारमा प्रचलनमा रहेका नोट कमी हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०७९ मंसिर मसान्तसम्ममा बजारमा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा छन् । २०७८ मंसिरमा ६ खर्ब ५४ अर्बको नोट चलनचल्तीमा रहेकोमा १ वर्षमा ३८ अर्ब रुपैयाँले कमी आएको देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७८–७९ को शुरूका ५ महिनामा प्रतिमहिना औसत ६ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको नोट प्रचलनमा रहेकोमा चालू आव २०७९र८० को मंसिरसम्ममा प्रतिमहीना औसत नोटको प्रचलन ६ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । २०७९ कात्तिकको तुलनामा पनि मंसिरमा चलनचल्तीमा रहेको नोट १५ अर्ब रुपैयाँले घटेको छ । कात्तिक मसान्तमा बजारमा ६ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थियो ।

राष्ट्र बैंकको मासिक वित्तीय विवरणअनुसार प्रत्येक महिना अघिल्लो वर्षको भन्दा चलनचल्तीमा रहेका नोटको संख्या घटेको देखिन्छ । दशैं तिहार जस्ता चाडपर्वका कारण असोजमा नोटको चलनचल्ती बढेको देखिए पनि त्यसपछिका महिनामा घट्दै गएको देखिन्छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ र खुद्रा नोट बजारमा पठाउने गरेको छ । चाडपर्वमा बढी खर्च हुने भएकाले पनि नोटको प्रचलन बढी हुने गर्छ । यस वर्ष पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट सटही गरेको थियो । त्यसबाहेक ३५ अर्ब बजारमा नोट वृद्धि भएको थियो । कात्तिकपछि भने चलनचल्तीमा रहेका नोट बैंकिङ प्रणालीमा फिर्ता हुन थालेको छ । यस वर्ष कात्तिक र मंसिरमा गरी चलनचल्तीमा रहेका नोटमा ३३ अर्बले कमी आइसकेको छ । अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७