देशभरका हलमा आजदेखि ‘चि मुसी चि’


२२ पुष २०७९, शुक्रबार
chi musi chi JPfOWCeob4

काठमाडौँ । ‘फ्राइडे रिलिज’ को परम्परा अनुसार आज (शुक्रबार) बाट देशभरका चलचित्र घरमा फिल्म ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । जाडो मौसम भएकाले अन्य फिल्म प्रदर्शनमा नआउँदा यस फिल्मले एकल प्रदर्शनको अवसर पाएको छ ।

अरुण चक्रबर्तीको प्रस्तुतिमा तयार भएको फिल्म एमी स्टुडियोको ब्यानरमा निर्माण भएको हो । फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतको अभिनय छ ।

हरर विषयमा अलि भिन्न तरिकाबाट निर्माण भएको फिल्मले हरर फिल्मको ट्रेन्ड नै स्थापित गर्ने दाबी निर्माताको छ । फिल्ममा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो फिल्मकी निर्माता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७