दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित


२३ पुष २०७९, शनिबार
dalit

काठमाडौं । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नव निर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गर । लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति सङ्घर्ष गरेका सांसद बराली नेकपा (माओवादी केन्द्र) बाट समानुपातिक सांसदमा निर्वाचित भएका हुन् । प्रतिष्ठानका अध्यक्ष समेत रहेका सांसद बरालीले नेपाली साहित्यको क्षेत्र समेतमा सक्रिय छन् ।

सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रुपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राखे । प्रतिष्ठानका उपाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गरे । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संंसदमा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ ।

प्रतिनिधसभामा जम्मा सांसदको संख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल जनसंख्याको १४ प्रतिशत अर्थात १६ जना दलित सांसदको उपस्थिति छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७