जनकपुर र विराटनगरबाट आजदेखि श्रम स्वीकृति


२४ पुष २०७९, आईतवार
baideshik rojgar

काठमाडौं । जनकपुर र विराटनगरबाट पनि आज (आइतबार) देखि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि, काठमाडौं तथा उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्र श्रम स्वीकृति लिन सकिने व्यवस्था थियो । सुर्खेत र धनगढीबाट भने प्राविधिक तथा भौतिक तयारीपछि श्रम स्वीकृति दिने व्यवस्था गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७