सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन


२७ पुष २०७९, बुधबार
sudurpaschim loksewa11648009987

काठमाडौं । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम लोकसेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वन गरिएको हो ।

योग्यता पुगेका उमेदवारहरूले माघ १७ गतेसमम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथमिकता क्रमानुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय र स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।

go

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७