पेरिसमा ६ जनामाथि छुरा प्रहार, आक्रमणकारीलाई तीन गोली हानेर समातियो


२८ पुष २०७९, बिहीबार
paris stabbing attack1673454173

पेरिस । फ्रान्सको राजधानी पेरिसको अन्तर्राष्ट्रिय गारे डू नोर्ड स्टेसनमा बुधबार बिहान भएको छुरा आक्रमणमा ६ जना घाइते भएका छन् । उनीहरूमध्ये एकजनाको स्थिति चिन्ताजनक रहेको छ ।

आन्तरिक मामिला मन्त्री जेराल्ड डार्मानिनले ड्युटी सकाएर घर फर्किदै गरेको दुई जना प्रहरी अधिकारीले एक जना शंकास्पद मानिसलाई रोकेको जानकारी दिएका छन् ।

उनका अनुसार तीन पटक गोली हानेर नियन्त्रणमा लिइएका ती व्यक्तिको अहिले सिकिस्त हालतमा अस्पतालमा उपचार भइरहेको छ । स्थानीय निकायले आक्रमण गरिनुको कारण पत्ता लगाउने कोशिस गरिरहेको छ ।

स्थानीय समय अनुसार बिहान ६ बजेर ४२ मिनेट जाँदा एक मिनेटभित्र आक्रमणकारीले ६ जनालाई घाइते बनाएका थिए । घाइते हुनेमा एक जना फ्रेन्च सीमा सुरक्षा प्रहरी पनि रहेका छन् । डार्मानिनले प्रहरीद्वयले निकै साहसिक ढंगले आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएकाले धेरैका ज्यान जोगिएको बताएका छन् । प्रहरीले अहिलेसम्म आक्रमणकारीको परिचय खुलाएको छैन । प्रहरीले उनले आक्रमणमा छुरा वा ब्लेड प्रयोग गरेको हुनुपर्ने बताएको छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७