मुख्यमन्त्री गिरीले लिए शपथ, दुई जना बने मन्त्री


२८ पुष २०७९, बिहीबार
lila giri lumbini sapath

दाङ । लुम्बिनी प्रदेशका नव निर्वाचित मुख्यमन्त्री लिला गिरीले आज (बिहीबार) दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । पद तथा गोपनीयताको शपथका लागि दिउँसो १ बजे कार्यक्रम तय गरिए पनि सत्ता साझेदार दलहरूको आन्तरिक छलफलका कारण करिब एक घण्टा ढिलो भएको थियो ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । त्यस्तै नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १(१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको पथ तथा गोपनीयताको शपथ लिएकी छिन् ।

मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुुन उनलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो । त्यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७