मधेसका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए शपथ


२९ पुष २०७९, शुक्रबार
madhesh cm sapath main

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई सपथ गराएका हुन् । मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन् ।

मन्त्री बनेकामा नेकपा एमालेका सरोज यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहा रहेका छन् । उनीहरुको मन्त्रालय भने तोक्न बाँकी छ । माओवादी केन्द्रबाट भरत साह मन्त्री बने पक्का भए पनि अन्तिममा माओवादीलाई एउटा मन्त्रालय दिने भनेपछि उनले भने आज शपथ लिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७