मधेश प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ता हुँदै


३० पुष २०७९, शनिबार
pradesh2 finnal

जनकपुर । मधेश प्रदेशको सभामुख पदका लागि आज (शनिबार) उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

प्रस्ताव भएको नामहरु आगामी माघ २ गते बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँटको टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमति अनुसार जनता समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७