नेकपा एसका अध्यक्ष नेपाल र कांग्रेस नेता पौडेलबीच भेटवार्ता


३० पुष २०७९, शनिबार
madhav nepal ramchandra poudel

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आज (शनिबार) नेपाललाई भेट्न नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा करिब एक घण्टा छलफल भएको थियो ।

पौडेलका स्वकीय सचिव चिरन्जिवी अधिकारीले नेता पौडेल र नेपालबीच भेटवार्ता भएको जानकारी दिए । ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे भेटघाट भएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयदेखि सभामुख र राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भयो,’ उनले भने ।

आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको कांग्रेस नेताहरु फेरि माओवादी केन्द्रसँग सम्बन्ध सुधारेर गठबन्धन बनाउने प्रयासमा छन् । सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग छलफल गरी सभामुखको निर्वाचनमा बहुमत जुटाउन अन्य दलसँग छलफल र सहकार्यको प्रयास गरिरहेका छन् । नेताहरुका अनुसार देउवाले त्यसका लागि नेता पौडेललाई पनि सक्रिय बनाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७