बुर्किना फासोमा दुई दिनमा ५० महिलाको अपहरण, अवस्था अज्ञात


३ माघ २०७९, मंगलवार
afrika

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा यहि जनवरीमा ५० जना महिला अपहरणमा परेका छन् ।जनवरी १२ र १३ मा उत्तरी प्रान्त साउमबाट ५० महिला अपहरणमा परेको त्यहाँको सरकारले पुष्टी गरेको हो । सोही प्रान्तका ग्रामीण क्षेत्रका खेतमा कार्यरत महिलाहरुलाई बन्दुकधारी समूहले अपहरण गरेको र उनीहरुको अवस्था अज्ञात रहेको जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुख भोल्कर टर्कले ती महिलाहरुको रिहाइ गर्न माग गरेका छन् । साथै उनले यस घटनामा संलग्न समूहलाई कारबाही गर्न आग्रह पनि गरेका छन् । विश्वकै सबै भन्दा गरीब देश बुर्किना फासोमा सन् २०१५ देखि सक्रिय रहेको आतंकवादी समूह अलकायदाको पकड रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७