माओवादी नेता पुनमा कलेजो प्रत्यारोपण गरिने


४ माघ २०७९, बुधबार
Barshaman

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् ।

नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा. युवराज शर्माले बताएका छन् । नेता पुन लामो समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन् ।

उनको यसअघि चीनको एक अस्पतालमा उपचार गरिएको थियो । केहि दिनअघि मात्र एक कार्यक्रममा सहभागी हुन रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७