एस्टन भिल्ला र वेस्टह्याम विजयी


८ माघ २०७९, आईतवार
villa

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्ट ह्याम विजयी भएका छन् । गए राति भएको खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० तथा वेस्ट ह्यामले एभर्टनलाई २–० गोलले हरायो ।

गए राति भएका अरु ४ खेल बराबरीमा सकिएका छन् । लिभरपुल र चेल्सी, लेस्टर सिटी र ब्राइटन, क्रिस्टल प्यालेस र न्युक्यासल तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले बराबरी खेलेर अङ्क बाँडेका छन् ।

लिभरपुल र चेल्सी तथा क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेले । त्यस्तै लेस्टर सिटी र ब्राइटनले २–२ तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले १–१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७