एनआईसी एसियाले ६ महिनामै कमायो तीन अर्ब मुनाफा


८ माघ २०७९, आईतवार
NIC ASIA Bank 1

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७९-८० को दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ । आ.व. २०७९-८० को दोस्रो त्रैमासिकसम्म कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ६६ अर्ब ६८ करोड पुर्‍याउन सफल भएको छ । यस्तै निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब रुपैयाँ पु¥याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रैमासिकसम्ममा खुद मुनाफातर्फ ३.२७ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ ।

साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी रू. ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७९-८० को दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७