राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय


९ माघ २०७९, सोमबार
Congress samsadiya dal meeting 3 scaled
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज (सोमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो’, कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले भने, ‘उम्मेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उम्मेदवारी भने दिन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७