२०७९ माघ १० गते मंगलबारको तपाईको राशिफल

माघ शुक्ल तृतिया पञ्चाङ्गस् वरियान गर शतभिषा, अन्तर्राष्ट्रिय शिक्षा दिवस


१० माघ २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सहकार्यको अवसर मिल्ने छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्ने छ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कूटनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कार्यसिद्धि पनि हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोजगारको अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । बौद्धिकताको विकास हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्ने छ । चोटपटकको भय छ अतः स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मित्र वा आफन्तको साथ र सहयोग मिल्ने छ । साथीभाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७