एट्लेटिकोलाई हराउँदै रियल कोपा डेल रेको सेमिफाइनलमा


१३ माघ २०७९, शुक्रबार
real

काठमाडौँ । रियल म्याड्रिडले अतिरिक्त समयमा छिमेकी एट्लेटिको म्याड्रिडलाई ३–१ ले हराउँर्दै बिहीबार कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ ।

एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएयता रोडरिगोलले बराबरी गोल गरे । त्यसपछि अतिरिक्त समयमा करिम बेन्जेमा र भिनिसियस जुनियरले एक-एक गोल गरे ।

त्यस अगाडि एथलेटिको बिलबाओले अर्को खेलमा भ्यालेन्सियालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
सेमिफाइनल पुग्ने अन्य दुई टिममा बार्सिलोना र ओसासुना पनि रहेका छन् । अब सेमिफाइनलको ड्र सोमबार निकालिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७