माओवादी स्थायी कमिटी वैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छलफल हुँदै


१३ माघ २०७९, शुक्रबार
Mao meeting 2 scaled

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

आज (शुक्रबार) को बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराएका थिए । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने जोडमा रहेका अध्यक्ष प्रचण्डले उक्त प्रतिवेदनलाई ‘अनौपरिचक डकुमेन्ट’ भनेका छन् ।

Mao meeting 1

प्रतिवेदनमा चुनावमा माओवादी किन कमजोर नतिजा ल्याएको र कांग्रेस नेतृत्वको गठबन्धन छाडेर किन एमालेसँग सत्ता सहकार्य गरेकोलगायत विषय उल्लेख छन् । अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने ब्रिफिङ गरेका थिए । उनले राष्ट्रिय सहमतिमा जाँदा सत्ता गठबन्धनभित्र अन्डरस्ट्यान्डिङ बिग्रेको समेत नेताहरूले बताएका थिए । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि आज नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७