भारतद्वारा जेल सजाय पूरा गरेका १७ पाकिस्तानी बन्दीलाई रिहा


१४ माघ २०७९, शनिबार
india

नयाँदिल्ली । भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ ।

उनीहरूलाई अटारी–वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।
‘हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ’ पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७