जोर्जिन्हो आर्सनलमा अनुबन्ध


१८ माघ २०७९, बुधबार

काठमाडौं । इङलिस प्रिमियर क्लब आर्सनलले इटालियन मिडफिल्डर जोर्जिन्होलाई क्लबमा अनुबन्ध गरेको छ ।
आर्सनलले जोर्जिन्होलाई १८ महिनाका लागि १२ मिलियन पाउन्डमा चेल्सीबाट क्लबमा ल्याएको हो ।

उनलाई सम्झौता थपका लागि १ वर्षको विकल्पसमेत दिइएको छ । जर्जिन्होले यो प्रस्तावले आफू केही अचम्मित भएको भन्दै यो आफ्ना लागि अद्भूत चुनौती भएको सुनाएका छन् ।

जनवरी विन्डोमा आर्सनल पुग्ने जोर्गिन्हो तेस्रा खेलाडी हुन् । यसअघि क्लबले पोल्यान्डका डिफेन्डर ज्याकुब किवियरलाई स्पेजियाबाट २० मिलियन युरोमा र बेल्जियमका स्टाइकर लिआन्डो ट्रोसार्डलाई २१ मिलियन पाउण्डमा ब्राइटनबाट क्लबमा भित्र्याएको छ । ३१ वर्षीय जोर्जिन्हो सन् २०१८ मा नापोलीबाट चेल्सी पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७