साउथह्याम्पटनलाई हराउँदै न्युकासल काराबाओ कपको फाइनलमा


१८ माघ २०७९, बुधबार
Newcastle

काठमाडौं । साउथह्याम्पटनलाई हराउँदै न्युकासल युनाइटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आफ्नै मैदानमा मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेल २–१ ले जित्दै न्युकासल फाइनलमा पुगेको हो । पहिलो लेगको खेल १–० ले जितेको न्युकासलले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको न्यूक्यासलको जितमा सिन लङस्टाफले दुई गोल गरे । साउथह्याम्टनका चे एडम्सले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा लङस्टाफले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए ।

२१ औं मिनेटमा लङस्टाफले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई २–० को को अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल न्यूक्यासल २–१ ले विजयी भयो ।

यस्तै, खेलको ८२ औं मिनेटमा ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो । न्युकासल सन् १९९९ पछि पहिलो पटक इंग्लिस फुटबलको फाइनलमा पुगेको हो । फाइनलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेड वा नटिङघम फरेष्टमध्ये एक टोलीसँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेगको खेल आज राति हुनेछ । पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले नटिङघमलाई ३–० ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७