मलेसियाका गृहमन्त्री बिहीबार नेपाल आउँदै, नेपाली श्रमिकका मुद्दामा छलफल गर्ने


१८ माघ २०७९, बुधबार
malesiyan home minister

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन् । गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको हो । इजमाइलको टोलीले नेपाल र मलेसियाबीचको श्रम सम्झौताका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मलेसियाले हालै ५ लाख नेपाली श्रमिक लैजाने निर्णय गरेको थियो । गृहमन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।
मलेसिया सुरक्षा गार्डका लागि जानेलाई नेपालमै तालिम दिएर लैजाने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७