माओवादी बैठकको निष्कर्ष : रवि लामिछानेको मुद्दा बाँकी नै छ, रास्वपाले धैर्य गर्नुपर्छ


१९ माघ २०७९, बिहीबार
mao

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो लागिनसकेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज (बिहीबार) पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ । किनकी उनको (रवि) को मुद्दा अझै बाँकी छ । टुंगो लागेको छैन,’ पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने । उनले सत्ता साझेदार दलमा कुनै समस्या नरहेको बताए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने अभिव्यक्ति निजी भएको र यसले गठबन्धनमा कुनै समस्या नल्याउने उनको दाबी छ ।

प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक अनिर्णित भएको र बैठक भोलि फेरि बस्ने महराले बताए । रास्वपा सभापतिसमेत रहेका लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । उनले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७