मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ, माओवादीद्वारा मन्त्री अस्वीकार


२० माघ २०७९, शुक्रबार
63 Shares
Madhesh1675425357 1

जनकपुरधाम । विवादकै बीच मधेस प्रदेश सरकारका नव नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । भागबण्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुई वटा मन्त्रालय मागेको थियो । तर, माग पूरा नभएपछि माओवादीले कुनै मन्त्रालय नलिएको हो ।

नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज अर्थमन्त्री सञ्जयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्तकुमार कुसहवा, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यावद, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिङ कलवार, कानुमन्त्री राजकुमार लेखी, महिला बालिकालिका मन्त्री मोहमद जयद आलमहसित राज्यमन्त्रीहरूले शपथ लिएका हुन् । माओवादीले कुनै मन्त्रालय नपाएपछि गठबन्धको निरन्तरतामा प्रश्न उठेको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७