टर्कीमा फेरि भूकम्पको शक्तिशाली धक्का : हालसम्म ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो


२३ माघ २०७९, सोमबार
turkey earthquake 7 1536x1152 1

काठमाडौं । टर्कीमा फेरि भूकम्पको अर्को शक्तिशाली धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको जनाइएको छ । टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था न्युयोर्क टाइम्सले भूकम्पबाट १३ सय धेरैको मृत्यु हुनुका साथै हजारौं घाइते भएको जनाएको छ ।

अहिले घटनास्थलमा उद्धार कार्य जारी छ । योसँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् ।

साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो । सोमबारको भूकम्पमा भने ४० सेकेण्डसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७