साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने


२५ माघ २०७९, बुधबार
U 20 women foot ball

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा भोलि (बिहीबार) नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ ।

समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो । मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।
चार टोली सहभागी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको समूह चरण राउण्ड रोबिन लिगको आधारमा खेलाइएको थियो । तीन खेलबाट ७ अंक जोड्दै बंगलादेश समुह विजेता बन्यो भने ६ अंक जोडेको नेपाल दोस्रो भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७