अखिल क्रान्तिकारीले फागुन १ सम्म जनयुद्ध सप्ताह मनाउँदै


२६ माघ २०७९, बिहीबार
krantikari saptah bjfq0kTSLK

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) नेपाल ल क्याम्पस कमिटीले साता लामो जनयुद्ध दिवस मनाउने भएको छ ।
साताव्यापी कार्यक्रम घोषणा गर्दै उसले जनयुद्ध सप्ताह मनाउन सुरु गरेको हो । यसअनुसार बुधबार पहिलो दिन क्याम्पसमा समाजवाद कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संगठनका केन्द्रीय संयोजक पवन कार्की, केन्द्रीय प्रवक्ता उपदेश यादव, कानुन विभाग सचिव आशा उपर्कोटी, केन्द्रीय सदस्य प्रतिक कार्की लगायतको उपस्थितिमा कार्यक्रम भएको क्याम्पस कमिटीका अध्यक्ष विष्णु ढुङ्गेलले बताए ।

समाजवादी व्यवस्थाप्रति लामबद्ध हुन आफ्नो हस्ताक्षर र भनाइसहित ऐक्यबद्धता जनाउन सबै विद्यार्थी, कर्मचारी, विभिन्न पेसामा आबद्ध र सबै सर्वसाधारण जनतालाई आग्रह गरिएको थियो । विभिन्न व्यक्तिहरुको भनाइ र हस्ताक्षर भएको भिडियो र हस्ताक्षरहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए । अखिल (क्रान्तिकारी) ले देशभरका शैक्षिक संस्थाहरुमा समाजवादको लागि अभियान सञ्चालन गर्ने संयोजक पवन कार्कीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७