गौशालामा लुटपाटको उद्देश्यले पूर्व कर्मचारीको हत्या, एक युवक पक्राउ


२६ माघ २०७९, बिहीबार
Gausala POlice brita thunuwa 1024x768 1

काठमाडौं । काठमाडौंको गौशाला नजिकै रुद्रनगरमा मंगलबार बिहान मृत भेटिएका एक पुरुषको लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार थापा नेतृत्वको गिरोहले सोमबार राति वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्काको हत्या गरेर रुद्रनगरमा छाडेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको खुलेको हो ।

उनी राष्ट्रिय बिमा संस्थानबाट दुई वर्षअघि निवृत्त भएका थिए । प्रहरीले थापाको साथबाट लुटिएको मोबाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । हत्या अभियोगमा पक्राउ परेका थापा यसअघि ०७७ सालमा गाँजासहित पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७