प्रधानसेनापति र चिनियाँ राजदूतबीच जङ्गी अड्डामा भेटवार्ता


२६ माघ २०७९, बिहीबार
china 2

काठमाडौँ । प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । आज (बिहीबार) सेनापति प्रभुराम शर्मा र नेपालका लागि नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७