सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास


२७ माघ २०७९, शुक्रबार
Bidhya Bhandari1667830357
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभामा सांसद नव निर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकाङ्क्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गरिन् । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा यसलाई समेट्दै बजेटमा स्रोत व्यवस्थापन गर्ने भनाइ समेत राष्ट्रपति भण्डारीले राखिन् ।

नेपाल र नेपालीको सद्भावनालाई कायम राख्दै मित्र राष्ट्रले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने आशा लिएको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीको सम्बोधनसँगै संयुक्त बैठक समापन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७