भेरी नदीमा बेपत्ता दुईमध्ये एक जनाको अझै पत्तो लागेन


२८ माघ २०७९, शनिबार
veri river

सुर्खेत । बिहीबार भेरी नदीमा बेपत्ता भएका दुई जनालठमध्ये एक जनाको शव भेटिएको छ । प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिकाका २६ वर्षीय बिबि रोकायको शव भेट्टाएको हो । उनको शव गोताखोरको टोलीले भेट्टाएको हो ।

यस्तै सोही नगरपालिकाका २२ वर्षीय मकर रोकाय अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
बिहीबार दिउँसो १ बजे सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदे स्थित भेरी नदीको किनारमा पौडी खेल्ने क्रममा मकर र बिबि बेपत्ता भएका थिए । साथै ठुलो भेरीकै धर्मजित रोकाय पनि नदीमा बगेर पनि सकुशल फर्किएका थिए ।

उनले नै इलाका प्रहरी कार्यालय छिन्चुमा आयर मकर र बिबि भेरीमा बगेको जानकारी गराएको प्रहरीले बताएको छ । बेपत्ता मकरको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७