न्युजिल्यान्डमा आँधीका कारण विद्युत्, उडान र यातायात अवरुद्ध


१ फाल्गुन २०७९, सोमबार
aadhi New Zealand

काठमाडौं । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटीबन्धीय आँधीका कारण सोमबार हजारौँ घर विद्युतविहीन हुनुका साथै उडानहरू अवरुद्ध भएका छन् ।

आपतकालीन व्यवस्थापनमन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको बताए । आँधीको अवस्था सुरुमा भन्दा कमजोर भए पनि यसले सहर तथा ग्रामीण क्षेत्रमा व्यापक रूखहरू ढालेको छ, सडकहरूमा क्षति पुर्‍याएको छ र विद्युत् लाइन अवरुद्ध भएका छन् ।

अकल्यान्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युजिल्यान्डको नर्थ आइल्यान्डमा करिब ५८ हजार मानिस विद्युतविहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनर्स्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् ।
म्याकएनल्टीले भने, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ ।’ न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चारजनाको मृत्यु हुनुका साथै हजारौँ मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ ।

नर्थल्यान्ड क्षेत्रमा एक सय ४० किलोमिटर प्रतिघन्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्यान्ड हार्बर ब्रिजमा एक सय १० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो । म्याकएनल्टीले भने, ‘सरकारले देशको इतिहासमा तेस्रोपटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नुपर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।’

मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् । एयर न्युजिल्यान्डले हालसम्म पाँच सय नौ उडान रद्द गरेको, तर मंगलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको छ । उक्त विमान सेवाले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र ६ हजार पाँच सयलाई पुनः टिकट बुक गर्नुपरेको बताएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७