शेयर बजार १६ अंकले घट्यो, कसको कारोबार कस्तो ?


२ फाल्गुन २०७९, मंगलवार
share market 1

काठमाडौँ । शेयर बजार आज (मंगलबार) १६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४० अङ्कले घटेर २ हजार १ सय ०५ दशमलव ४६ विन्दुमा झरेको छ ।

आज उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।

बजार घटेको दिन दुई सय ५५ वटा कम्पनीका ४६ लाख ८५ हजार कित्ता शेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख र ङादी ग्रुप पावरको ७ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज बाराही हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७