माओवादी उपमहासचिव पुन थप उपचारका लागि चीन प्रस्थान


२ फाल्गुन २०७९, मंगलवार
barsmannn

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन थप उपचारका लागि आज (मंगलबार) चीन प्रस्थान गरेका छन् । पत्नी ओनसरी घर्तिमगरसहित उनी फलोअपका लागि मंगलबार चीन प्रस्थान गरेका हुन् ।

चाइना साउर्थनको एयरबाट उनी चीन गएका हुन् । लामो समयदेखि जन्डिस रोगबाट पीडित पुन चीनमा नियमित उपचार गराउँदै आएका छन् । उनी सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउने छन् ।

स्वास्थ्यकर्मीको परामर्शपछि उनी उपचारका लागि चीन गएका हुन् । केही दिनअघि रोल्पाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पुनको स्वास्थ्यमा समस्या बल्झिएको थियो । लगत्तै उनलाई हेलिकोेप्टरबाट काठमाडौं ल्याइएको थियो ।
वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए । बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेनमा उपचार गराउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७