दैलेखमा विहे गरेको दुई महिनामै श्रीमतीको हत्या


२ फाल्गुन २०७९, मंगलवार
pic 9RWYmNbbcF

दैलेख । दैलेखमा एक व्यक्तिले विहे गरेका दुई महिनामै श्रीमतीको हत्या गरेका छन् । गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया पार्वती बिसीको हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।

हत्या गर्ने कृष्णबहादुरलाई पक्राउ गरिएको र थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए । गए राति घरायसी विवादमा कृष्णबहादुरले ढोका अड्याउन लगाइने काठको गरालो (आग्लो) ले दाहिने कञ्चटमा प्रहार गरेर श्रीमतीको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लम्सालले बताएका छन् ।

कृष्णबहादुर र पार्वतीबीच गएको मंसिर २६ गते मागी विवाह भएको थियो । मृतक पार्वतीको माइती घर गुराँस गाउँपालिका–६ मा हो । कृष्णबहादुर बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती सुस्त मनस्थितिको भएका कारण के कुरामा विवाद सिर्जना भयो भन्ने थाहा नभइसकेको मृतकका दाजु केशवकुमार बीसीले बताएका छन् । दैलेख जिल्ला अस्पतालमा शव पोस्टमार्टम गर्दा मृतकको मुखमा घाँस कोचिएको र दाँत समेत खसेको पाइएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७